२०७६ कार्त्तिक २ गते

निमावि गणित विज्ञान विषयको पुनर्योगको नतिजा सार्वजनिक, एउटा नतिजा पनि सुधार भएन

ईपाटी संवाददाता



भक्तपुर । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको गणित विज्ञान विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । आयोगले पुनर्योगका लागि निवेदन दिएकाहरु मध्ये कसैको पनि नतिजा परिवर्तन नभएको स्पष्ट पारेको छ ।

मंसिर १० गते प्रकाशित निम्नमाध्यमिक तहको गणित विज्ञान विषयको नतिजामा चित्त नवुझि पुनर्याेगका लागि निवेदन दिएकाहरुको पुनर्योगको नतिजा सार्वजनिक गरिएको हो ।

आयोगको  पौष २ गते बसेको पुनर्याेग समितिको वैठकले निवेदक  उम्मेदवारहरुको उत्तरपुस्तिका पुनर्याेग गर्दा नतिजा यथायत कायम  रहेको स्पष्ट पारेको हो ।

Comments: