२०७६ भदौ १ गते

महंगो हवाई भाडा तिरेर अस्थायी शिक्षक अन्तर्वार्तामा

राजन रावत/हुम्ला



अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको लिखितमा नाम निकाल्न सफल शिक्षकहरु अन्तर्वार्तामा सहभागीता जनाउन महंगो हवाई भाडा तिर्न बाध्य भएका छन् ।

आयोगले हुम्ला जिल्लाका लिखितमा नाम निकाल्ने शिक्षकहरुको अन्तर्वार्ता कर्णाली प्रदेशको केन्द्र बिरेन्द्रनगर सुर्खेतमा  सञ्चालन गर्ने निर्णय गरेपछि प्रतिश्पर्धीहरु महंगो हवाई भाडा तिरेर अन्तर्वार्तामा  सहभागीता जनाई रहेका छन् ।

आयोगले सञ्चालन गरेको लिखित परीक्षा पनि पटक–पटक अन्तिम समयमा आएर स्थगित हुँदा हुम्लाबाट तीन पटकसम्म नेपालगंजमा आएर खर्च गर्नु पर्ने अस्थायी शिक्षक धेरै रहेका थिए ।

यो पटकको अन्तर्वार्तासहित चौँथो पटक जहाजै चढेर लिखित र मौखिक परीक्षामा सहभागिता जनाउने अस्थायी शिक्षकहरुले दुई लाख भन्दा कम खर्च गर्नु परेको छैन । अहिले पनि अन्तर्वार्ताबाट के हुने हो । तर, अन्तिम मौका भएको कारण मौखिक परीक्षामा सहभागीता जनाउनुु परेको ती शिक्षकहरको भनाई रहेको छ ।

सिमकोटबाट नेपालगंजसम्मको हवाई टिकट सात हजार तीन सय छ भने त्यति नै सिमकोट जाँदा तीर्नु पर्छ । कम्तीमा एक हप्ता अगाडीबाट अस्थायी शिक्षकहरु नेपालगंज र सुर्खेत झरेका छन् ।

होटलको बास निक्कै खर्च गरेर नाम निकाल्नेले जागिर खान पाउने छन् भने अन्तर्वार्तामा  नाम ननिकाल्नेले खर्च मात्र गर्नु पर्नेछ ।

निमाविका शिक्षकहरुले ११ देखि १४ गतेसम्म अन्तर्वार्ता भइसकेको  छ भने प्राविको पुस २१ गते हुँदैछ । माविको माघ १० मा हुँदैछ ।  

शिक्षा आयोगले सोलो टोलो नियम लगाएर अर्को जिल्लामा लिखित तथा मौखिक परीक्षा संचालन गर्ने नियम बनाएर हालसम्म सडक यातायात नजोडिएको हुम्ला जिल्लाका परीक्षार्थीले महंगो आर्थिक भार ब्यहोर्नु परेको छ ।


Comments: