• पिनाकल कलेजका छात्रा यादवले अन्तर्राष्ट्रिय स्वर्ण पदक चुमे
    (ईपाटी संवाददाता)


  • काठमाडौं । पिनाकल कलेजमा कक्षा १२ मा व्यवस्थापकीय संकायमा अध्ययनरत अजित कुमार यादवले हङकङमा सम्पन्न ‘तेस्रो एशियन एथ्लेटिक्स च्यम्पियनशिप’ मा स्वर्ण पदक जित्न सफल भएका छन् । हङकङमा भएको खेलमा यादवले ३ हजार मिटरको खेल ८ मिनेट ३० सेकेण्डमा पुरा गरेका थिए  ।

    यस जितसँगै उनले नेपालको पहिलो धावकको रुपमा नाम लेख्न समेत सफल भएका छन् ।


    यादवलाई पिनाकल कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले पनि सम्मान गर्ने विद्यालयमा प्रिन्सिपल ऋषि तिवारीले जानकारी दिए ।

      विद्यालयको विद्यार्थीको खुसीयाली मनाउनको लागि चाडै नै  भव्य रुपमा कार्यक्रम आयोजना गर्न लागेकोसमेत उनले जानकारी दिए ।
    उनलाई प्रदेश नंं. २ ले पाँच लाख रुपैयाँ दिने घोषण गरिसकेका छ ।