२०७६ असोज ३ गते

हेर्नुहोस्, माध्यमिकतहको पश्चिमाञ्चल क्षेत्रको सामाजिक विषयको नतिजा

ईपाटी संवाददाता


भक्तपुर । शिक्षक सेवा आयोगले शुक्रवारदेखि  अस्थायी शिक्षकको माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमवार देखि निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्दै आएको आयोगले शुक्रवादेखि मावि तहको नतिजा प्रकाशन थालेको हो ।

आयोगले शनिवार माध्यमिकतहको पश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो ।  शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो ।

यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।

Comments: