२०७६ माघ ९ गते

रौतहटका शिक्षक आन्दोलनमा, विद्यार्थी मारमा

रौतहट । मंगलबार रौतहटका सबै सामुदायीक विद्यालय बन्द भएका छन् । जिल्लाको यमुना माई गाउँपालिका र राजदेवी नगरपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूले गत साउन महिनादेखि तलब खानबाट वञ्चित भएको विषयमा जिल्लाका सबै विद्यालय बन्द भएका हुन् ।तलव भताको माग गर्दै शिक्षकहरू सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि दवाव स्वरुप शान्तिपूर्ण धर्ना प्रदर्शन गर्दा स्थानीय प्रशासनले प्रहरी मार्फत बल प्रयोग गरेर दुव्र्यवहार गरेको भन्दै मंगलवार देखि अनिश्चितकालिन विद्यालय बन्द गरेर जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने शिक्षकहरूले निर्णय गरेका छन् ।

हिन्दुहरूको महान पर्व दशै, तिहार र छठ जस्ता पर्वमा समेत तलव नपाउँदा चाडवाड मनाउन समेत कठिनाइ भएको थियो । तलव अभावमा दैनिक जीवन यापन गर्न निकै कष्टकर समय व्यतित गर्दा बाध्य भएर शान्तिपूर्ण धर्नामा बस्न खोज्दा प्रहरीद्वारा दुव्र्यवहार खेप्नु परेको नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष मणीशंकर निधीको भनाई छ ।पटक पटक जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, नगरपालिका र गाउँपालिका प्रमुख लगायतका सम्बन्धित निकायसँग आग्रह गरेपनि तलव खुवाउने कुनै वातावरण नहुँदा शान्तिपूर्ण धर्नामा बस्न जाँदा प्रहरीले गाली गलौज गर्दै ४० जना शिक्षकलाई समातेर धर्नालाई तितरवितर बनाएको थियो ।

आक्रोशित बनेका शिक्षकहरूको सपोर्टमा नेपाल शिक्षक संघ र नेपाल शिक्षक संगठन लगायतका विभिन्न संघ संगठनहरूले सामूहिक विज्ञप्ती जारी गरी जबसम्म शिक्षकहरूको तलव निकासा हुदैन तबसम्म विद्यालय छाडेर बिहान १० बजे देखि ४ बजे सम्म जिल्ला शिक्षा कार्यालय गौरमा धर्ना दिने निर्णय भएको शिक्षक संघका जिल्ला अध्यक्ष जयमंगल यादवले बताए । 

यमुना माई गाउँपालिकाको अध्यक्ष श्रीप्रकाश मुखियाले दुर्गा भगवती गाउँपालिकाबाट पछि छुट्टिएपछि बजेट निकास नहुदा समस्या भएको बताए । मंगलबार जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पढ्न पाएका छैनन् ।
नयाँपत्रिकामा खबर छ ।

Comments: