२०७६ मंसिर २ गते

ताक्लाकोट भ्रमण गरेका विद्यार्थीहरुले समिक्षा गर्ने

राजन रावत/हुम्ला

चीनको पुराङ काउण्टीको ताक्लाकोटको अवलोकन भ्रमणमा गएको हुम्ला जिल्लाका विद्यार्थी तथा शिक्षकहरुको टोलीले भ्रमणको समिक्षा गर्ने भएका छन् ।


गत अक्टोबर ८ देखि १४ गतेसम्म सो टोलीले ताक्लाकोटका बिभिन्न शैक्षिक संस्थाहरुको स्थलगत रुपमा अवलोकन गरेको थियो ।


भ्रमणका क्रममा विद्यालयहरुको पठन–पाठन, कक्षाकोठा, शैक्षिक सामग्री, विद्यार्थी तथा शिक्षकसंग अन्तक्र्रिया, प्रयोगशाला, शिक्षक तथा विद्यार्थीलाई उपलब्ध सुविधाका बारेमा अनुभव बटुल्न पाएको भ्रमणमा संलग्न बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताए ।


 चीनका विद्यालयहरुमा निकै सुविधा सम्पन्नलेयुक्त भएको कारण नेपालमा पनि त्यस्तो गर्न ईच्छा शक्तिको आवश्यकता रहेकामा उनको जोड थियो ।
यसमा कतिपय कुरा प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, सरकारसंग सम्बन्धित कुराहरु रहेको उनले बताए ।


 यी ताक्लाकोट भ्रमणका सिकाइहरु बारे सरोकारवाला पक्षको उपस्थितीमा समिक्षा गर्ने प्रअ रोकायाले बताए ।


सो भ्रमणमा महाबौद्ध, कर्णाली, कैलाश, मानसरोवर, बालमन्दिर, रलिङ, रामदेब , मान्धारा, सीता मालिका माबिका १० जना छात्र तथा छात्रा र बालमन्दिरका प्रअ रोकाया, मानसरोवर माबिका शिक्षक धन बहादुर वुढा, सीता माबिका प्रअ जुनराज हमाल र कैलाश माबिका प्रअ मेज बहादुर बुढाको सहभागिता रहेको थियो ।

यसमा सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका  माध्यामिक बिद्यालयहरुको सहभागिता रहेको थियो ।


Comments: