• पक्राउ परेका अस्थायी शिक्षकलाई तत्काल रिहा गर्न पुनरुत्थानवादी शक्तिको माग
    (ईपाटी संवाददाता)


  • काठमाडौं । पुनरुत्थानवादी शक्ति नेपालले पक्राउ परेका अस्थायी शिक्षकहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि धर्ना दिन पुगेका अस्थायी शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको थियो ।


    पार्टीका नेता शेखरजंग रायमाझीले प्रेश विज्ञप्ति जारी गर्दै पक्राउ परेका अस्थायी शिक्षकहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।


    सर्वोच्च अदालतको संवैधानिक इजलाशमा ओषधिउपचारसहितको सुविधा र रोजगारीको ग्यारेन्टी सहितका १२ वटा मुद्दा विचाराधीन रहेको अवस्थामा रोजगारीको सुरक्षाको माग राखि प्रधानमन्त्री समक्ष आचना गर्न गएका अस्थायी शिक्षकहरुलाई पक्राउ गरिनु गलत भएको विज्ञप्तिमा जनाइएको छ ।


    विज्ञप्तिमा पक्राउ परेका अस्थायी शिक्षकहरुलाई तत्काल रिहा गरी अदालतको चुनौति सामना गर्न सरकारलाई चेतावनी दिएको छ ।