२०७६ भदौ २ गते

रिहा भएको पन्ध्र मिनेटमै अस्थायी शिक्षकहरु पुनः पक्राउ

ईपाटी संवाददाता


काठमाडौं । रिहा भएको पन्ध्र मिनेटमै अस्थायी शिक्षकहरुलाई नेपाल प्रहरीले पुनः प्रक्राउ गरेको छ ।प्रकाउ परेका शिक्षकहरुलाई महानगरिय प्रहरी प्रभाग रानीपोखरीराखिएको जनाइएको छ ।


बिहिबार बिहान १० बजे पक्राउ गरेर साझँ ५ बजे  छाडेको शिक्षकहरुलाई १५ मिनेट पछि पुनः शान्तिवाटिकाबाट पक्राउ गरेको हो ।


बिहिवार बिहान १० बजे पक्राउ गरेको छुट अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष सहित एक दर्जन शिक्षकलाई छोडेको पन्ध्र मिनेटमै काठमाडौको शान्ति बाटिकाबाट साझँ  पुनः पक्राउ गरेको समितिले जनाएको छ ।


पुनः पक्राउ पर्नेमा छुट अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष हरिवंश पराजुली, प्रदेश नम्बर ३ का संयोजक बहादुर वाईवा लामा सहित तेह्र शिक्षक रहेका छन् ।


रिहा गर्ने बित्तिकै पुनः प्रक्राउ गरेर प्रहरीले संकटकालको छनक दिएको भन्दै संघर्ष समितिका कोषाध्यक्ष अनिता थापाले तत्काल बिना शर्त  शिक्षकहरुलाई रिहा गर्न माग गरिन् ।


साझँ पुनः  पक्राउ गरेको बिरोधमा सयौ शिक्षकहरुले  नाराबाजी  गर्दै यथासिघ्र रिहा गर्न माग गरेका थिए ।


२०७५ साल असारमा लिइएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा २०७२ असोज २ गते पछिको अस्थायी शिक्षकलाई सरकारले विभेदपुर्ण तरिकाले छुट्याइ सौतेनी व्यवहार गरेको आरोप उनीहरुले लगाउँदै आएका थिए ।


उनीहरुले छुट अस्थायी करार शिक्षकहरुलाई स्वत्तः स्थायी नभइ परीक्षाबाट स्थायीको अवसर दिन माग गर्दै आएका छन् ।

Comments: