२०७६ असोज २ गते

प्रअको अलग्गै पद, शिक्षक आयोगले छुट्टै परीक्षा लिई छनोट गर्ने

ईपाटी संवाददाता


काठमाडौं । उच्चस्तरीय राष्टिय शिक्षा आयोगले प्रधानाध्यापकहरुको अलग्गै पदको व्यवस्था गर्ने र सम्पूर्ण प्राज्ञिक स्वयत्तता प्रदान गर्ने प्रस्ताव सहित प्रतिवेदनको मस्यौदा तयार गरेको छ ।


प्रधानाध्यापक छनोटका लागि शिक्षक सेवा आयोगले २ वर्ष शिक्षण अनुभव भएका शिक्षकहरुमध्येबाट नेतृत्व परिक्षणको परीक्षा लिई सिफारिस गर्ने प्रस्ताव समेत मस्यौदा प्रतिवेदनमा गरिएको छ ।


आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिनु अघि आयोगले बिहीबार गरेको राष्ट्रिय शिक्षा सम्मेलनमा वितरित प्रतिवेदनको मस्यौदामा स्थानीय सरकारले प्रधानाध्यापकसँग विद्यालय समितिको रोहवरमा निश्चित नतिजासूचकका आधारमा कार्यसम्पादन सम्झौता गर्ने  र शिक्षकले प्रअसँग पनि कार्यसम्पादन सम्झौता गर्ने प्रस्ताव गरिएको छ ।


विश्वविद्यालयहरुका कार्यकारी पदहरु क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धाबाट छनोट गर्ने व्यवस्था गर्ने  र शिक्षा प्रशासनमा संलग्न कर्मचारीहरुमध्येबाट नेतृत्व परीक्षण गरी कार्यकारी पदहरुमा क्षमतावान  व्यक्तिहरुलाई मात्र पठाउने प्रस्ताव आयोगले सार्वजनिक गरेको मस्यौदा प्रतिवेदनमा गरिउको छ ।

यो पनि हेर्नुहोस् देशभरका विव्यस खारेज गरी विद्यालय सहयोग समिति बनाइने

Comments: