• म्हः पूजामा रमाए विद्यार्थी
    (ईपाटी संवाददाता/भक्तपुर )


  • भक्तपुरको एउटा स्कुलका विद्यार्थी मंगलबार म्हः पूजा (तिहारको क्रममा नेवार समुदायले गर्ने शरीर पूजा) मा रमाएका छन् । भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुलका विद्यार्थी म्हः पूजामा दिनभर रमाएका हुन् । स्कुलमा कक्षा ३ मा अध्ययनरत झण्डै सय जना छात्रछात्रा म्हः पूजामा रमाएका हुन् ।


    कार्यक्रमको क्रममा विद्यार्थी स्वयमले भुईपोती मण्डप बनाएका थिए । उनीहरुका कक्षा शिक्षिकाहरुले लहरै राखी पूजा गरिएको थियो । यो क्रममा एकजना विद्यार्थीको एउटाएउटा मण्डप बनाइएको थियो । आआफनो मण्डपमा बसेका विद्यार्थीलाई शिक्षिकाहरुले फूल, फलफूल वितरण गरी उनीहरुलाई पूजाआजा गरेका थिए ।


    कार्यक्रमको क्रममा विद्यार्थीलाई स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, सहायक प्रिन्सिपल कमलादेवी राजभण्डारी अमात्यलगायतले म्हः पूजाका साथै तिहारको पाँंचै दिन हुने परम्पराबारे जानकारी गराएका थिए ।