२०७६ मंसिर ४ गते

मदानादेव मावि अब आवासीय विद्यालय हुने

राजन रावत/हुम्ला




 
हुम्ला जिल्लाको ताँजाकोट गाँउपालिकाको वडा नम्बर पाँचको मदानादेव मावि अब आवासीय विद्यालय बन्ने भएको छ ।

शिक्षा विभागबाट हिमाली जिल्ला आवासीय विद्यालय कार्यक्रम अन्तर्गत उक्त विद्यालय छनोट भएपछि  आवासीय विद्यालयका रुपमा सञ्चालन हुने भएको हो ।

शिक्षा विभागले हिमाली सात वटा जिल्लामा यो कार्यक्रम लागु गरेको छ । यसका लागि विभागले विद्यालयहरुलाई व्यवस्थापन सञ्चालन खर्च दुई लाख ५० हजार रुपियाँ र आवासीय छात्रवृत्तिका लागि नियमअनुसार वजेट निकासा दिने जिल्ला बिकास तथा समन्वय इकाईका प्रमुख बर्ष फडेराले जानकारी दिए ।

माविस्तरको विद्यालय हालसम्म दरबन्दी बिनै निजी श्रोतबाट सञ्चालन हुँदै आएको बिद्यालयलाई केही भए पनि राहात भएको स्थानीय मानबहादुर थापाले बताए ।

Comments: