२०७६ कार्त्तिक ३ गते

अब प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको इकाइ !

ईपाटी संवाददाता

काठमाडौँ । अब प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको इकाइ  गठन गर्नुपर्ने भएको छ ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको इकाइ गठन गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयको अनुरोधमा संघीय मन्त्रालयले स्थानीय तहका प्रत्येक विद्यालयमा इकाई गठन गर्न निर्देशन दिएको स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिए ।

मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आगामी असार ११ गते प्रत्येक विद्यालयमा इकाइ गठन गर्न निर्देशन दिएको हो ।


 दिवस नेपालसहित विश्वभर मनाइन्छ । लागुऔषधको दुर्व्यसनबाट बालबालिका र युवा बढी प्रभावित हुने भएकाले लागुऔषधविरुद्ध जनचेतना जगाउन आवश्यक रहेकाले प्रत्येक विद्यालयमा इकाइ गठन गर्न थालिएको उनले जानकारी दिए ।


सरकारले दिवस आगामी असार ६ देखि ११ गतेसम्म मनाउने निर्णय गरेको छ ।

Comments: