२०७६ असोज २९ गते

बाल कचहरी कार्यक्रम सम्पन्न

राजन रावत/हुम्ला

            
हुम्लामा बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ । गुड नेभर्स ईनटर नेस्नल नेपाल अन्र्तगत अवसर परियोजनाको आर्थिक सहयोग तथा किडार्क हुम्लाको सहजिकरण  र बाल मन्दिर माविको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरा रावतको अध्यक्षतामा सञ्चालन भएको ‘बाल अधिकारको सम्बद्र्धनका लागि नेपालमा बाल विवाह अन्त्य’ विषयक बाल कचहरी कार्यक्रम सम्पन्न भएको हो ।


 सञ्चारकर्मी राजन रावतको सहजिकरण रहेको कचहरी कार्यक्रममा बालमन्दिर रलिङ र रामदेव माविका १२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कचहरीमा पहिलो चरणमा बाल विवाहका वारेमा सहभागी  विद्यार्थीहरुको धारणा, दोस्रो चरणमा  विषय विशेषज्ञसँग प्रतिकृया र अन्तमा प्रतिबद्धता जनाइएको थियो ।


विशेषज्ञका रुपमा सिमकोट गाउँपालिकाका अध्यक्ष पदम वहादुर लामा, सञ्चारकर्मी रावत, पत्रकार महासंघका अध्यक्ष अर्जुन बोहोरा, सिमकोट गाउँपालिकाका सामाजिक विकास अधिकृत जंग रोकाया, नायव सुव्वा ममता महत, बालमन्दिर माविका सहप्रधानाध्यापक जय वहादुर बम, मानसरोवर नमूना माविका शिक्षक शिवशर्मा पौडेल लगायतको सहभागिता रहेको थियो ।


विषय बिशेषज्ञ धेरै भए पनि सहभागी विद्यार्थीहरुले अधिकाँस जिज्ञासा  अध्यक्ष लामा माथि तेर्स्याएका थिए । प्रतिउत्तर दिने क्रममा अध्यक्ष लामाले बाल विवाह न्यूनिकरणका लागि सबै पक्षसँग छलफल गरेर पालिका योजना तर्जुमागर्न तयार रहेको बताए ।


 उक्त कचहरी कार्यक्रमवाट छनोट भएका एक जना छात्र तथा एक जना छात्राहरुले काठमाडौंमा हुने राष्टिय स्तरको कचहरी कार्यक्रममा सहभागिता जनाउन पाउने भएका छन ।




Comments: