२०७६ कार्त्तिक ५ गते

भलिवलमा महाबौद्ध मावि प्रथम

इपाटी संवाददाता/हुम्ला

नाम्खा गाउँपालिकाका  भित्रका  आधारभुत विद्यालयस्तरीय भलिवल प्रतियोगितामा महाबौद्ध माध्यामिक विद्यालय याल्बाङको टिम प्रथम भएको छ । ६ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा महाबौद्ध मावि प्रथम भएको हो ।

प्रतियोगितामा द्धितीय कर्णाली मावि चौगानफया र तृतीया खासापानी आधारभुत विद्यालय भएका छन् ।

सो प्रतियोगितामा बुद्ध आधारभुत विद्यालय हेक्पा, कान्ती आधारभुत विद्यालय खोल्सी र तातो पानी आधारभुत विद्यालय कर्मीले पनि सहभागिता जनाएको आधार बिकास हुम्लाका शिक्षा अधिकृत कुन्जोक लामाले बताए ।

प्रतियोगितामा बिजेता टिमलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । सो प्रतियोगिता आधार बिकास कार्यक्रमको सहयोगमा सञ्चालन भएको थियो ।



                 

Comments: