• विद्यालयमा आगलागी
    (अन्तैबाट)

  • परासी । पश्चिम नवलपरासीको एक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । सुस्ता गाउँपालिका वडा नम्बर २ मा रहेको क्यानल सेन्टर आवासीय माविमा आगलागी भएको हो ।


    आगलागीबाट विद्यालयको कार्यालयमा रहेका सामान पूर्णरुपमा नष्ट भएको छ । शनिबार बिहान कार्यालयबाट एक्कासी धुँवा निस्किएको देखेको विद्यालयका प्रिन्सिपल सागरमणी पाण्डेले बताए ।


    आगलागीको कारण विद्यालयका सम्पूर्ण कागजात, सिसिटिभि क्यामेरा रेकर्डिङ हार्ड डिस्क,विद्यार्थीको तथ्यांक रहेको कम्प्युटर लगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ । आगलागी के कारणले लाग्यो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    कान्तिपुरमा खबर छ ।