२०७६ कार्त्तिक ६ गते

अन्तर्राष्ट्रिय बाल दिवस मनाउन हुम्लाका दुई विद्यार्थी काठमाडौंतर्फ

राजन रावत/हुम्ला


अन्तराष्ट्रिय बाल दिवस मनाउन गुड नेवर्स इन्टरनेशन नेपालको अवसर परियोजना  लागू भएका जिल्ला मध्य हुम्ला जिल्लाबाट पनि दुई जना छात्रछात्रा तथा शिक्षक काठमाडौंतर्फ लागेका छन् ।


टिकटको समस्याका कारण कार्यक्रमको निर्धारित समय भन्दा दुई दिन पछि जिल्लाबाट यी विद्यार्थीहरुलाई शुक्रबार समिट एयरले नेपालगञ्जका लागि यात्रा गरेको थियो । यस अघि जिल्लाका सिमकोट, खार्पुनाथ, चंखेली र सर्केगार्ड गाउँपालिकामा बालविवाह अन्त्यका लागि बाल कचहरी सञ्चालन गरेर जिल्लाका दुई जना छात्रछात्र छनौट गरेको गुड नेर्स इन्टरनेशन नेपाल जिल्ला संयोजक मन कुमार राईले बताए ।


यसरी जिल्लाबाट छनौट भएका विद्यार्थीमा छात्रतर्फ बालमन्दिर माबिमा कक्षा १० मा अध्ययनरत् सोनाम लामा र छात्रातर्फ सीता माविकी कक्षा १० की मानदेवी शाही र शिक्षकमा बालमन्दिर माविकी पार्बती रावत काठमाडौंतर्फ लागेको किडार्क हुम्ला शिक्षा अधिकृत भरत बोहोराले बताए ।


विद्यार्थीहरुले अन्तर्राष्ट्रिय बाल दिवसमा काठमाडौंमा सञ्चालन हुने टेलिभिजन टकिङ कार्यक्रम देखि र्याली लगायतका जनचेतनामूलक कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।


Comments: