२०७६ भदौ ६ गते

अब मानविकीमा पनि चारवर्षे स्नातक

ईपाटी संवाददाता


काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकायमा स्नातक तहको पठनपाठन ४ वर्षे हुने भएको छ । त्रिविको विद्या परिषदको आइतबारको बैठकले यही शैक्षिक सत्रदेखि चारवर्षे स्नातक तहको अध्ययन–अध्यापन सुरु गर्ने निर्णय गरेको हो ।


यसअघि व्यवस्थापन, शिक्षालगायतका संकायहरूको स्नातकमा ४ वर्षे कोर्स पढाइ हुँदै आएपनि मानविकी भने ३ वर्षे नै थियो ।


बैठकले नयाँ पाठ्यक्रमसमेत स्वीकृत गरेको  र सोहीअनुरूप ४ वर्षे स्नातक बनाइएको डिन कार्यालयले जनाएको छ । नयाँ पाठ्यक्रमअनुसार २० विषयको पढाइ हुनेछ भने तह पूरा गर्न विद्यार्थीले २०० सय पूर्णांकको परीक्षा दिनुपर्नेछ । त्यसका लागि अनिवार्यसहित ऐच्छिक विषय तोकिएको छ ।


त्रिविमातहतका क्याम्पसले यही वर्षदेखि ४ वर्षका लागि भर्ना सञ्चालन गर्ने र नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गराउने छन् ।

Comments: