२०७६ मंसिर ६ गते

भदौ ४ र ५ गते मेडिकल एजुकेशन करियर एक्स्पो हुँदै

ईपाटी संवाददाता


काठमाडौं । नेपालमै पहिलो पटक मेडिकल शिक्षाको जानकारी दिने उद्देश्यले मेडिकल एजुकेशन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ ।


विदेशमा रहेका गुणस्तरिय विश्वविद्यालयबाट दिइने मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका विषयमा जानकारी दिने उद्देश्यले यही भाद्र ४ र ५ गते काठमाडौ रामशाह पथमा रहेको योगम्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुन लागेको हो ।


एक्स्पो बारे जानकारी दिन सोमवार आयोजना गरिउको पत्रकार सम्मेलनमा एक्स्पोमा आर्कषक छात्रवृृत्तिका प्याकेजको समेत जानकारी दिइने जनाइएको छ ।


एक्स्पोमा विदेशमा रहेका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूले मेडिकल शिक्षाको बारेमा प्रत्यक्ष जानकारी दिने जनाइएको छ ।

एक्स्पोमा बंगलादेश, चीन, भारत, फिलिपिन्स, रसिया, युक्रेन, उज्वेकिस्थान, जर्जिया, मोरिसस् लगायतका राष्ट्रका मेडिकल युनिर्भसिटीका प्रतिनिधीहरु उपस्थित रहने छ । यो शैक्षिक मेलामा ःद्यद्यक्, द्यम्क्, ःम्, ःक्, पारामेडिकल, अप्लाइड साईन्सेज् र नर्सिङ कोर्षहरूका बारेमा सम्बन्धित विश्वविद्यालयका प्रतिनिधीले नै जानकारी दिने छन् ।


मेलामा नेपाल तथा विदेशमा पछिल्लो समयमा विकास भएका मेडिकलको उत्कृष्ट शिक्षाका बारेमा सम्पुर्ण जानकारी उपलब्ध हुने जनाइएको छ ।

नेपाल बाहेक विभिन्न वैदिशिक गन्तव्यमा  गएर कसरी र कति शुल्क मेडिकल अध्ययन गर्न सकिन्छ सोको बारेमा जानकारी उपलब्ध हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


पत्रकार सम्मेलनमा डब्लुआरसी नेपालका सिईओ ईन्जिनियर सुदिप नायकले पहिलाको तुलनामा नेपाली विद्यार्थीहरु विदेशमा समेत गएर अध्ययन गर्ने अवसर सहज हुँदै आएको बताए ।


मेलामा २५ लाख रुपैयादेखि माथिको शुल्क सहितको मेडिकल शिक्षा प्याकेजका बारेमा जानकारी लिन सकिने छ । मेरिटका आधारमा विभिन्न विद्यार्थीलाई छात्रवृृत्ति दिने तयारीबारे पनि जानकारी गराइएको छ ।


डाक्टर अध्ययन निक्कै महङ्गो हुन्छ भनि अधिकाम्स अभिभावकहरूले विश्वास गरेको परिप्रेक्ष्यमा बाइड रेन्ज कन्सल्टेन्सीले विश्वका उत्कृष्ट र तिर्न सकिने शुल्क भएका शैक्षिक संस्थाहरूलाई एकै छाना मुनी उपलब्ध गराएको यो पहिलो पटक हो । जहाँ विद्यार्थीहरूले सर्वशुलव शुल्कका विश्वविद्यालयहरूको भुक्तानी कसरी सरल किस्तामा बुझाउन सकिन्छ भन्ने विषयमा र शैक्षिक कर्जा सम्बन्धी जानकारी सिटिजन्स बैंकले समेत परामर्श प्रदान गर्ने नायकले जानकारी दिए ।


यो एक्स्पोको आयोजना एस के इभेन्ट म्यानेजमेन्टले गर्ने भएको छ भने स्पोन्सर वाईडरेन्ज कन्सल्टेन्सी गर्ने भएको छ ।

Comments: