२०७६ भदौ ५ गते

गाउँपालिका रनिङ शिल्ड हुने

राजन रावत/हुम्ला

दुर्गमको सिमकोट गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका माध्यामिक विद्यालय स्तरीय गाउँपालिका रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले केन्द्रबाट आउने थोरै अनुदान अरु आफ्नै साधन र श्रोत परिचालन गरेर उक्त प्रतियोगिता ञ्ंचालन गर्न लागेको हो ।


खेल क्षेत्रको बिकासका लागि उक्त प्रतियोगिता आगामी बैशाख ३ गतेबाट सञ्चालन हुने र उक्त प्रतियोगितामा गाउँपालिकामा रहेका सात वटा माविको सहभागिता रहने प्रमुख प्रशासकीयय अधिकृत अर्जुन दर्जीले जानकारी दिए ।


 उक्त प्रतियोगिता सञ्चालन गर्न पालिका स्तरमा १४ सदस्यीय समिति गठन भएको उक्त समितिको पहिलो बैठकले सो प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।


प्रतियोगितामा १३ वटा इभेन्टहरुमा छात्र र छात्राहरुले सहभागीता जनाउने समितिका सदस्य सचिव एवं बाल मन्दिर माबिका प्रधानाध्यापक कैलाश रोकायाले जानकारी दिए ।


जसमा पाँच वटा इभेन्ट फिल्ड, सात वटा ट्याक र एटा भलिबलमा प्रतियोगिता सञ्चालन हुने उनले बताए । पालिका रनिङ शिल्ड प्रतियोगिता संचालन गर्ने सिमकोट गाउँपालिका जिल्ला मै पहिलो हुने भएको छ ।









Comments: