२०७७ जेष्ठ १६ गते

उपचाररत कोरोना संक्रमित शिक्षकको मृत्यु भयोः मन्त्रालय

इपाटी संवाददाता

काठमाडौं । रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिहिवार विज्ञप्ति जारी गर्दै संक्रमित बिरामीको मृत्यु भएको पृष्टि गरे ।

बरालले मृतकप्रति हार्दिक श्राद्धाञ्जली व्यक्त गर्दै बचाउन अनेकौं प्रयास गर्दापनि बचाउन नसकिएको भन्दै यसले आफुलाई दुखी बनाएको जनाएका छन् ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा। उमाशंकर चौधरीले पनि यसको पुष्टि गरेका छन् ।  उनले अस्पतालबाट फोन गरी आज विहान मृत्यु भएको जानकारी गराएको र मन्त्रालयले त्यसको रेर्कड गरिसकेको जनाए ।


गुल्मी मदाने गाउँपालिका वडा नं ६ का ४१ बर्ष उनी यहि जेठ १ गते क्रिमशन अस्पतालमा भर्ना गरिएका थिए । उनको स्वाब परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । उनि गाउँकै विद्यालयका शिक्षक हुन् ।

 

Comments: