२०७६ भदौ ६ गते

जागिर जोगाइदिन मानव अधिकार आयोगसँग अस्थायी शिक्षकको गुहार

ईपाटी संवाददाता


काठमाडौं । अस्थायी शिक्षकहरुले आफ्नो जागिर जोगाइदिन भन्दै मानव अधिकार आयोगसँग गुहार मागेका छन् ।


पुनरुत्थानवादी शक्ति नेपालको अगुवाइमा १६१ अस्थायी करार शिक्षकहरुले आइतबार आयोगमा सामुहिक हस्ताक्षर सहितको गुहारपत्र बुझाएका हुन् ।


अस्थायी शिक्षकहरुले सर्वोच्च अदालतमा आफूहरुको मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारले अवकाश दिन लागेको भन्दै आयोग समक्ष गुनासो गरेका हुन् ।


मानव अधिकार आयोगमा बुझाएको पत्रमा  अस्थायीरकरार शिक्षकहरुलाई शिक्षक सेवा आयोगको परीक्षा पश्चात शिक्षा ऐनको  दफा ११ (१०) बमोजिम अवकास दिन लागेको हुँदा आफुहरुको  संवैधानिक इजलासमा १२ वटा रीट र सो को फैसलापछी हेर्ने आधा दर्जन रीट विचाराधिन अवस्थामानै रहेको जिकिर गरिएको छ ।


विवादीत विषय संवैधानिक इजलासले निरुपण गर्ने भन्दा भन्दै आफुहरुलाई शिक्षा ऐनको  दफा ११ (९) को नियम अनुसार सुविधा तथा औषधोपचारको ०७४–डब्लुसि–००३२ नम्बरको रीट र रोजगारको हकको ०७३–डब्लुसि–०००४ नम्बरको रीट संवैधानिक इजलासमा विचाराधीन अवस्थामा रहेको अस्थायी शिक्षकहरुले जनाएका छन् ।



 शिक्षक सेवा आयोगले २०७४ असर ४ मा महान्यायाधिवक्ता मार्फत सम्मानित सर्वोच्च अदालतलाई ढाँटेको पत्रले एउटै मापदण्डमा कसैले परीक्षा  दिन पाउने तथा कसैले नपाउने अवस्था आइ हजारौं शिक्षक परीक्षाबाट वञ्चित भएका अस्थायी शिक्षकहरुले जनाएका छन् ।


पुनरुत्थानवादी शक्ति नेपालका नेता शेखरजंग रायमाझीले सर्वोच्च अदालतमा रीटहरु विचाराधिन अवस्थामा रहेको अवस्थामा सेवाबाट हटाइ अस्थायी शिक्षकहरुलाई विचल्ली नबनाई न्याय दिलाइदिन मानव अधिकार आयोगसँग निवेदन गरिएको जानकारी दिए ।


अस्थायी शिक्षकहरुले मानवहरुकार आयोगमा हस्स्ताक्षर सहित पेश गरेको निवेदनमा संवैधानिक इजलाशका १२ वटा रीटको प्रमाणको प्रतिलिपि, संवैधानिक इजलासले निरुपण गर्ने आदेश रहेका मिति २०७४ फागुन २३ को पत्रको प्रतिलिपि, शिक्षक सेवा आयोगले २०७४ असार ४ मा माहान्यायाधिवक्ता मार्फत सम्मानित सर्वोच्च अदालतलाई ढाँटेको पत्रको प्रतिलिपि पेश गरिएको छ ।

Comments: