• अविरल वर्षपछिको बाढीले विद्यालय जाँदै गरेका बालक बगायो
    (ईपाटी संवाददाता)


  • फिदिम । विद्यालय जाँदै गरेका एक बालकलाई खोलाले बगाएर बेपत्ता पारेको छ ।

    पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ रबिका १० वर्षीय दियान राईलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । उनी रबिस्थित होलिचाइल्ड इङ्लिस स्कुलको कक्षा चारका विद्यार्थी हुन् ।


    दाइसँगै विद्यालय आउने क्रममा खोलाले बगाएका बेपत्ता बनाएको बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


    अबिरल वर्षातका कारण खोलामा बाढी आएपछि विद्यालय जाँदै गरेका दियाललाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीको भनाइ छ ।
    अहिले पानी पर्न रोकिएको र खोलाको बाढी केही कम भएकाले खोजी कार्यलार्य तीब्र बनाइएको प्रहरीले जनाएको छ ।