२०७६ भदौ ५ गते

मन्त्री पुनले गरे आफुले पढेको विद्यालयलाई सहयोग

महेश न्यौपाने/रोल्पा


उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले आफुले माध्यमिक तहसम्म अध्ययन गरेको रोल्पाको एक विद्यालयलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । मन्त्री पुनले रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुले स्थापना गरेको १ करोडको छात्रवृत्ती छात्रवृत्ती अक्षयकोषका लागि ५ लाख सहयोगको घोषणा गरेका हुन् ।


विद्यालय परिसरमा आयोजित पूर्व विद्यार्थीको प्रथम अधिवेशनका सन्दर्भमा आयोजित कार्यक्रममा मन्त्री पुनले सो सहयोग घोषणा गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री पुनले २०४२ साल देखी माध्यमिक तह अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउदा खुसी लागेको वताए । छात्रवृत्तीले गरिव, जेहेन्दार द्धन्द्धपिडित र अपांग विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुग्ने मन्त्री पुनले आशा व्यक्त गरे । विद्यालय आउदा आफुले लामो समय सम्म जुत्ता चप्पल लगाउन नपाएको स्मरण गर्दै गरिव भएकै कारण पढाई छोड्नु पर्ने वाध्यता अहिले नभएको मन्त्री पुनको भनाई थियो ।


जिल्लाको नमूना माविको थप विकास र स्तरवृद्धीका लागि पूर्व विद्यार्थीले खेलेको भूमिकाको प्रशंसा गर्दै विद्यालयलाई देशकै नमूना वनाउन आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । पढ्नको लागि अझै पनि जिल्ला वाहिर जानु पर्ने वाध्यता रहेको औल्याउदै जिल्ला भित्रै गुणस्तरीय प्राविधिक शिक्षालयको स्थापना गर्न आफु लागि परेको मन्त्री पुनको भनाई थियो ।


पूर्व विद्यार्थी मंचले स्थापना गर्ने सो अक्षय कोषमा रोल्पा जिल्लावाट संघीय संसद र प्रदेश सभामा निर्वाचित वर्तमान तथा पूर्व जनप्रतिनिधिहरुवाट ३५ लाख उठाउने भएको छ । यसैगरि जिल्लाका स्थानीय तह र वडाहरुवाट ३० लाख संकलन गरिने भएको छ । उद्योग वाणिज्य संघ तथा व्यवसायीहरुवाट १६ लाख संकलन हुने अपेक्षा गरिएको छ । जिल्ला स्थीत सरकारी र गैर सरकारी कार्यालय तथा कर्मचारीहरुवाट ५ लाख, विद्यालयको आन्तरिक कोषवाट ५ लाख,पूर्व विद्यार्थीहरुवाट ५ लाख संकलन गरिने भएको छ ।  अभिभावक तथा विद्यार्थीवाट २ लाख र विद्यालयका शिक्षक,कर्मचारी तथा अन्यवाट २ लाख संकलन गरि सो अक्षयकोष स्थापना गरिने पुर्व विद्यार्थी मंचका अध्यक्ष खिमवहादुर घर्तीले जानकारी दिए ।


उक्त अक्षय कोष स्थापनाको पहिलो दिन उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सो कोषका लागि ५ लाख सहयोग गरेका छन । यसैगरि विद्यालयको तर्फवाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले समेत ५ लाख रकम सो कोषमा जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । 'बाँकी रकम निकट भविष्यमा संकलन गरि अक्षय कोष स्थापना गर्छौ,' पुर्व विद्यार्थी मंचका कोषाध्यक्ष नैना डाँगीले भनिन् 'रकम संकलन हुने वित्तिकै अक्षयकोष नियमावली वनाई त्यसको व्याजवाट गरिव, द्वन्द्वपीडित, अपांगता भएका र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती बितरण गर्छौं,'


जिल्ला सदरमुकाम लिबाङमा २०२३ सालमा स्थापना भएको सो विद्यालयमा हालै पूर्व विद्यार्थी मंच गठन गरिएको छ । मंचमा उपराष्ट्रपति नन्दवहादुर पुन, सभामुख कृष्णवहादुर महरा, मन्त्री वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती, प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी समेत आजिवन सदस्य रहेका छन । प्रथम अधिवेशन मार्फत मंचले नयाँ नेतृत्व समेत चयन गरेको बताइएको छ ।

Comments: