२०७७ जेष्ठ १८ गते

केयूमा ५ दिनदेखि पठनपाठन ठप्प

काभ्रे ।  विद्यार्थीको तालाबन्दीका कारण काठमाडौं विश्वविद्यालय (केयू) मा ५ दिनदेखि पठनपाठन बन्द भएको छ ।८ स्थगित भएको विद्यार्थी कल्याण परिषद्को निर्वाचन तत्काल गराउन माग गर्दै नेकपा एमाले समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)ले माघ ९ गतेबाट केन्द्रीय विश्वविद्यालय र प्रशासनिक भवनमा तालाबन्दी गरेको हो ।

नेकपा माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० को दबाबमा उपकुलपति डा। रामकण्ठ माकजू श्रेष्ठको निर्देशनमा चुनाव स्थगित गरिएको विरोधमा तालाबन्दी गरेको अनेरास्वियु विश्वविद्यालय राष्ट्रिय समितिका सचिव पुजन गौतमले जानकारी दिए । पुष ८ गते भएको विद्यार्थी कल्याण परिषदको निर्वाचनमा विवाद भएपछि निर्वाचन स्थगित भएको थियो । ७६ कक्षा प्रतिनिधी मध्ये २ वटामा विवाद भएको थियो ।

माघ ५ गते नेपाल विद्यार्थी संघ, अनेरास्वियु, अखिल (क्रान्तिकारी) लगायतका संस्थाविच विवादित २ कक्षामा निर्वाचन गर्ने सहमति भएपछि निर्वाचन समिति संयोजक प्रा। डा। दिपकप्रसाद सुवेदीले हस्ताक्षर गरेर माघ १० गते निर्वाचन गर्ने भन्दै सूचना समेत जारी गरेको थियो । तर माघ ९ गते पुन नियुक्त भएका उपकुलपति डा। माकजूलाई दबाब दिएर अखिल क्रान्तिकारीले निर्वाचन स्थगत गरेको अनेरास्वियुले आरोप लगाएको छ ।

तत्काल निर्वाचन घोषणा नगरिए कडा आन्दोलन गर्ने उसले चेतावनी दिएको छ ।

माकजूको नियूक्ति प्राध्यापकलाई ‘अमान्य’
दोस्रो कार्यकालका लागि नियूक्त काठमाडौं विश्वविद्यालयका उपकुलपति डा। रामकण्ठ माकजूको नियुक्ति प्राध्यापकहरुले ‘अमान्य’ भएको जनाएका छन् । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ (कुपा) का अध्यक्ष वेदमणि दाहालद्वारा हस्ताक्षरित विज्ञप्तीमा विश्वविद्यालय ऐनमा नै नभएको संरक्षक समितिक सदस्य सम्मिलित छनोट समितिले गरेको सिफारिस र नियुक्ति खुल्ला, पारदर्शी र प्रतिष्पर्धात्मक आधारमा नभइ व्यक्तिगत स्वार्थका आधारमा गरिएको आरोप लगाइएको छ ।

माकजूले विश्वविद्यालयको मानमर्यादा र प्रतिष्ठालाई अति तल्लोस्तरमा पुर्‍याइ अख्तियार र नीजि मेडिकल कलेजको हस्तक्षेपलाई बढावा दिएको र सोबारे कुलपति र सहकुलपतिलाई जानकारी दिँदा समेत पुन नियुक्त गरिएकोमा प्राध्यापकहरुले आपत्ति जनाएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

Comments: