२०७६ मंसिर २ गते

शुक्रवार देशभर शिक्षक बलिदानी दिवश मनाइयो

ईपाटी संवाददाता


काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले शुक्रवार देशभर शिक्षक बलिदानी दिवश मनाएको छ । संगठनका पूर्व सचिवालय सदस्य खड्गबहादुर देवकोटाले शहादत प्राप्त गरेको दिनका अवसरमा बलिदानी दिवस मनाइएको संगठनले जनाएको छ ।


सिन्धुलीका देवकोटाको  जनयुद्धका क्रममा २०६१ चैत्र ८ गते राज्यपक्षबाट हत्या भएको थियो ।


संगठनका महासचिव निमबहादुर केसीले विज्ञप्तिमार्फत संगठनका देशका सवै प्रदेश, जिल्ला र स्थानीय समितिहरुलाई चैत्र ८ गते शिक्षक बलिदानी दिवस मनाउन निर्देशन जारी गरेका थिए । सोही अनुसार सबै तहका समितिहरुले शुक्रवार बलिदानी दिवस मनाएका हुन् ।


संगठनको केन्द्रिय समितिले समेत यस अवसरमा भव्य कार्यक्रम आयोजना गरी देवकोटाको योगदानको स्मरण गरेको छ ।


शुक्रवार संगठनको केन्द्रिय कार्यालय बागवजारमा आयोजना गरिएको कार्यक्रममा संगठनका अध्यक्ष शंकर अधिकारी, महासचिव निमबहादुर केसी, शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडी, द्वन्द्वपीडित शिक्षक संगठनका अध्यक्ष शर्पराज सिंह, नेताहरु रामकाजी विष्ट, हरिवंश पराजुली, झम्कप्रसाल चौलागाई,लगायत उपत्यकाका तीन जिल्लाका समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।



Comments: