२०७६ कार्त्तिक २ गते

शिक्षक आयोगले तोक्यो परीक्षाको मिति र परीक्षा केन्द्र


भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुका लागि खुलाइएको आन्तरिक विज्ञापनको परीक्षा मिति र परीक्षा केन्द्र निर्धारण गरेको छ । यस अघि परीक्षा मिति र परीक्षा केन्द्र पछि तोक्नेगरी आयेगले विज्ञापन गरेको थियो ।


अस्थायी शिक्षकहरुको लागि खुलाइएको आन्तरिक परीक्षा असार २४ गते शनिवार ११ बजे पाँचै विकास क्षेत्रमा एकैचोटी हुने भएको छ । आयोगले बुधवार परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको हो ।


आयोगले यसअघि परीक्षा मिति पछि तोक्नेगरी प्रावि निमावि र मावि तहमा ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि विज्ञपन गरेको थियो । यसअघि तथ्यांक नआएर  बाँकी रहेका जिल्लामा समेत विज्ञापन गरिएको छ ।

माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तीनै तहको परीक्षा एकैदिन हुने अयोगले जनाएको छ । अयोगले दरखास्त संकलन गर्ने जिल्ला शिक्षा कार्यालयहरुले आ–आफ्नो जिल्लाको उम्मेदवारहरुको तहगत÷विषयगत विवरण २०७४ जेठ ७ गतेभित्र परीक्षा केन्द्र तोकिएका जिल्लाहरुमा पठाई आयोगमा जानकारी गराउन समेत भनेको छ ।

परीक्षा केन्द्र

क) पूर्वाञ्चल क्षेत्र अन्तर्गत जिल्लाहरुको लागि – जिल्ला शिक्षा कार्यालय, झापा
ख) मध्यमाञ्चल क्षेत्र अन्तर्गत जिल्लाहरुको लागि – जिल्ला शिक्षा कार्यालय, काठमाडौं
ग) पश्चिमामाञ्चल क्षेत्र अन्तर्गत जिल्लाहरुको लागि– जिल्ला शिक्षा कार्यालय, कास्की
घ) मध्यपश्चिमामाञ्चल क्षेत्र अन्तर्गत जिल्लाहरुको लागि– जिल्ला शिक्षा कार्यालय, वाँके
ङ) सुदूरपश्चिमामाञ्चल क्षेत्र अन्तर्गत जिल्लाहरुको लागि– जिल्ला शिक्षा कार्यालय, कंचनपुर

Comments: