• बाजुरामा शिक्षक संघ र संगठनद्वारा सुटुक्क महासंघ गठन, युएण्टोद्वारा खारेजीको माग
    (ईपाटी संवाददाता)

  • बाजुरा । नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघले सुटुक्क शिक्षक महासंघ गठन गरेपछि एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले बिरोध जनाएको छ ।


    संघ र संगठनले युएण्टोलाई वाइपास गरेर यही  असार १३ गते जिल्ला र स्थानीयतहहरुमा एकलौटीरुपमा  शिक्षक महासंघ घोषणा गरेका थिए ।


    युएण्टोले एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघकै महत्वपूर्ण घटक युएण्टोलाई थाहै नदिई एकलौटीरुपमा गठन भएको महासंघको जिल्ला र स्थानीय तह अन्तर्गतको समिति खारेज गर्न माग गरेको हो ।


    संघ र संगठनले जिल्ला र ९ स्थानीय तह  मध्ये ५ र ४ भागवण्डा गरी एकलौटी रुपमा महासंघ गठन गरेको युएण्टोले आरोप लगाएको छ ।


    तत्कालीन नेपाल शैक्षिक गणतान्त्रिक मञ्चको प्रमुख नेतृत्व र नेपाल शिक्षक युनियन समेतको संयक्त प्रयासमा नेपाल शिक्षक महासंघ गठन भएको थियो ।


    तत्कालीन समयमा मञ्चको र्नेत्व युएण्टोले र युनियनको नेतृत्व संघसंगठनले गर्दै आएका थिए । महास.घै महत्वपूर्ण घटकलाई पन्छाएर महासंघ गठन भएपछि जिल्लाका शिक्षकहरु समेत विरोधमा उत्रिएका छन् ।


    युएण्टोले विज्ञप्ति जारी गर्दै अमर्यादित क्रियाकलाप, पेशागत मर्यादाको अपमान र महासंघ जन्मदाता संगठन युएण्टोलाई बाइपास गर्दा जिल्लाको शिक्षक समुदायमा आइपर्ने सम्पूर्ण दुश्परिणामको जिम्मेवारी संघ र संगठनले लिनुपर्ने चेतावनी दिएको छ ।


    विज्ञप्तिमा भनिएको छ– 'समान अस्तित्व, पेशागत मर्यादा, शैक्षिक सवाल र नैतिक आचरण पतनहरुद्वारा घोषित नेपाल शिक्षक महासंघ बाजुरा र यस अन्तरगतका स्थानीयतहहरु अवैधानीक घोषणा गर्दै पेशागत मर्यादा र शक्ति स्वार्थ भन्दा माथि उठी समान हैसियत र समानदायित्वमा महासंघ गठनका लागि युएण्टो अपिल गर्दछ ।'


    युएण्टो बाजुराका अध्यक्ष वेदप्रकास जोशी र जिल्ला इञ्चार्ज लालबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा महासंघ गठनका क्रियाकलापमा देखिएका अमर्यादित क्रियाकलापहरुको सम्पुर्ण भण्डाभोर गर्दै विधि र विधान सम्मत तरिकाले महासंघ गठनको अपिल गरिएको छ ।


    युएण्टोले राष्ट्रिय शिक्षक  संगठन एकताको विपक्षमा रहेको आरोपसमेत लगाएको छ ।  एमाले र माओवादी केन्द्र एकता भइ नेकपा बनेसँगै ति दल निकट संगठन र युएण्टो  एकताको प्रक्रियामा रहेका छन् ।