२०७६ कार्त्तिक ५ गते

४५ औं दीक्षान्त समारोहमा सहभागी हुनका लागि त्रिविले खुलायो आवेदन

ईपाटी संवाददाता


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४५ दीक्षान्तमा सहभागी हुन चाहने विद्यार्थीहरुसँग आवेदन माग गरेको छ ।

२०७५ जेठ १८ गतेदेखि २०७६ जेठ ३१  गतेसम्म सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका तथा सोही अवधिभित्र विद्यावारिधि पुरा गरेका इच्छुक विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय मार्फत अनलाइन फारम भर्न सक्ने त्रिविले जनाएको छ ।

फारम भर्नका लागि दीक्षान्त तथा प्रमाणपत्र साथै गाउन÷स्कार्फ धरौटी सहित स्नातक तहकाले ३७ सय, स्नातकोत्तर तथा एमफिलकाले ४२ सय साथै विद्यावारिधिकाले ४७ सय शुल्क बुझाउनु पर्ने त्रिविले जनाएको छ । साथै धरौटी रकमबाट गाउन र स्कार्फको ३ सय कट्टा गरिने जनाइएको छ ।  


 

Comments: