२०७६ असोज ३ गते

नारायणी नमूना माविको नमूना नतिजा, ८३ विद्यार्थीले ल्याए ३.६० देखि ४.० जीपीए

ईपाटी संवाददाता


चितवन । चितवन भरतपुर स्थित नारायणी नमूना माविले माध्यमिक शिक्षा परीक्षा एसइइमा  उत्कृष्ट नतिजा हासिल गरेको छ ।


विद्यालयबाट एसइइ परीक्षामा सहभागी २८१ विद्यार्थी मध्ये ८३ जनाले ३.६० देखि ४.० जीपीए, ९७ जनाले नै ३.२५ देखि ३.६० जीपीए प्राप्त गरेका छन् ।

पूर्णप्रसाद दवाडी


यसैगरी, ५३ जनाले २.८५ देखि ३.२० र ४० जनाले २.४५ देखि २.८० जीपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक एवं शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार २.०५ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या जम्मा ८ रहेको छ ।


 प्रअ दवाडीका अनुसार चारजना विद्यार्थीले ३.९५ जीपीए प्राप्त गरेका छन् । विद्यालयका दिवस लामिछाने, सभ्यता थपलिया, सुविना कुमारी चौधरी र रोजसिन श्रेष्ठले ३.९५ जीपीए ल्याउन सफल भएका दवाडीले जानकारी दिए ।

Comments: