२०७७ जेष्ठ २५ गते

शिक्षकको जिल्लान्तर सरुवा फुकुवा

इपाटी संवाददाता


भक्तपुर । शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहिवार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई  पत्र लेख्दै जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाएको हो ।

केन्द्रले लेखेको पत्रमा २०७६ मंसिर ३० केन्द्रको वेवसाइटमा सार्वजनिक गरिएको विवरण अनुसार पुल दरबन्दी नभएको तहको रिक्त दरवन्दीमा जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाएको हो ।

कार्तिक २४ गते केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्मका लागि भन्दै करारमा नियुक्ति र सरुवामा रोक लगाएको थियो ।केन्द्रले पुस २ गते एउटा सूचना जारी गर्दै सरकारले दरबन्दी पुनर्वितरण तथा मिलान प्रक्रिया शुरु गरेकाले करारमा नियुक्ति र शिक्षकको  जिल्लाभित्रको मात्रै सरुवा खुला गरेको  थियो ।

 

Comments: