२०७६ मंसिर ६ गते

कलेज सञ्चालनको मोडालिटीबारे सुझाब संकलन

ईपाटी संवाददाता


काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज भक्तपुरको नयाँं सञ्चालन विधिबारे आइतबार छलफल भएको छ ।

प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरको विवाद सम्वन्धमा अध्ययन गर्न गठित कार्यदलको सिफारिस बमोजिम कलेज सञ्चालन मोडालिटी तयार गर्ने विषयमा गठित समितिले आइतबार कलेजका शिक्षक, विद्यार्थी, कर्मचारीसँंग सुझाब संकलन गरेको हो ।


छुटाछुटै भएको सुझाब सकलनमा सहभागीहरुले कलेजलाई कसैको अधिनमा नरही छुटै स्वतन्त्र विश्वविद्यालयको रुपमा अगाडि बढाउनु उपयुक्त हुने सुझाब दिए ।


 उनीहरुले यो सम्भब नभए पोखरा विश्वविद्यालयका आंगिक क्याम्पसको रुपमा अगाडि लान सकिने पनि सुझाए । साथसाथै स्थानीय निकायरुको रुपमा रहेको चाँंगुनारायण नगरपालिकाले सञ्चालन गर्न सकिने पनि सुझाए ।


कार्यक्रममा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन बुद्धीराज जोशी, नेपाल इन्जिनियरिङ कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठलगायतले सरोकारवालहरुसँंगको सुझाब अनुसार कलेजलाई नयाँं तरिकाबाट सञ्चालन गर्न सकिने बताए ।


विवादमा रहेको कलेज नयाँं तरिकाबाट सञ्चालन गर्न पोखरा विश्वविद्यालयका डीनको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, कलेजका प्रिन्सिपल, शिक्षा मन्त्रालयका सहसचिवलगायतका अधिकारीहरु सदस्य रहेका छन् ।

Comments: