२०७६ कार्त्तिक ५ गते

शिक्षाविद् राजवंशीलाई अभिनन्दन

अन्तैबाट

काठमाडौं । मदर्स कास्टल स्कुलले सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक लक्ष्मण राजवंशीलाई अभिनन्दन गरेको छ । स्कुलले कार्यक्रम गरी पूर्वसभासद्समेत रहेका शिक्षाविद् राजवंशीलाई अभिनन्दन गरेको हो । राजवंशीले शिक्षा क्षेत्रमा देखिएको समस्यालाई सबैले मिलेर हटाउनुपर्ने बताए ।

उनले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र मात्र नदिई विवेकसहितको गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए । बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले निजी क्षेत्रले गुणस्तरीय साथै सर्वसुुलभ शिक्षा दिनुपर्ने धारणा राखे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकप्रसाद घिमिरेलगायतले समयसापेक्ष शिक्षाबारे धारणा राखेका थिए ।

स्कुलले दसैँ, तिहार, छठ लक्षित सांस्कृतिक कार्यक्रमसमेत गरेको छ । काठमाडौंको बुढानीलकण्ठस्थित स्कुलले बालबालिकालाई नाटक देखाउनुका साथै कवितावाचन प्रतियोगितासमेत गरेको छ । प्रत्येक वर्ष ‘हामी नेपाली एक हाँै’ भन्ने भावनाका साथ कार्यक्रम गर्ने गरिएको स्कुलले जनाएको छ ।

नयाँपत्रिकामा खबर छ ।

Comments: