२०७६ असोज ३ गते

आईओएममा डीनको कार्यालयमा लगाइएको ताला प्रहरीले फोड्यो

एमबीबीएस प्रवेश परीक्षा भदौ २१ मै गर्

काठमाडौँ  । सरकारले एमबीबीएस लगायत चिकित्सा शिक्षा सम्बन्धी प्रवेश परीक्षाको तयारी अघि बढाएको छ । विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा लगाएको ताला बुधबार प्रहरीले तोडेको छ ।


चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार एमबीबीएस लगायत चिकित्सा सम्बन्धि विषय अध्ययनका लागि एकीकृत प्रवेश परीक्षा र ७५ प्रतिशत छात्रवृत्तिको मागसहित विद्यार्थीले तालाबन्दी गरेका थिए। सरकारले विद्यार्थीले डिन कार्यालयको परीक्षा शाखामा लगाएको ताला खोलेको हो।

विद्यार्थीले आईओएम र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सको कार्यालयमा ताला लगाएका थिए। शिक्षा मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर तोकिएको प्रवेश परीक्षा नरोक्न आग्रह गरेको थियो। त्यसको भोलिपल्टै प्रहरीले आईओएमको ताला फुटाएको हो।

ताला खोलेपछि मन्त्रालयले प्रवेश परीक्षा संचालन गर्न बुधबार साँझ नै विश्वविद्यालयका पदाधिकारीसँग छलफल थालेको छ। आईओएममा आगामी २१ गतेदेखि र काठमाडौं विश्वविद्यालयमा असोज पहिलो सातालाई प्रवेश परीक्षाको मिति तोकिएको छ।

आईओएममा मात्रै २ हजारभन्दा बढि विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका छन्। विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानहरुले ऐनको प्रावधान विपरित छुट्टाछुट्टै प्रवेश परीक्षा सहित भर्ना प्रक्रिया अघि बढाएपछि चिकित्सा शिक्षाका विद्यार्थी संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रेका थिए।

चिकित्सा शिक्षा आयोगले पूर्णता नपाएका कारण सरकारले पूर्ववतः प्रक्रियामा भर्ना लिन विश्वविद्यालय र प्रतिष्ठानहरुलाई निर्देशन दिएको थियो। मंगलबार मन्त्रिपरिषद्को भिडियो कन्फेरन्समा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवेश परीक्षा नरोक्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए।

लगत्तै मन्त्रालयले सोहि आशयको विज्ञप्ति प्रकाशित गरेको थियो। शिक्षा मन्त्रालयका अधिकारीले भर्ना गर्ने समय सुरु भइसकेकाले यसपटक छुट्टाछुट्टै प्रवेश परीक्षा गर्ने र ७५ प्रतिशत छात्रवृत्ति भने यसैवर्षबाट क्रमशः कार्यान्वयन गर्दै जान सकिने प्रतिक्रिया दिएका छन्।

विद्यार्थी नेता माथि कुटपिट
आईओएमको ताला खुलाउने क्रममा प्रहरीले आफ्ना १७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको संर्घष समितिले जनाएको छ। नियन्त्रणमा लिएर भृकुटीमडण्पस्थित प्रहरी क्लबमा राखिएकालाई भेट्न गएका विद्यार्थी नेताहरुलाई समेत प्रहरीले कुटपिट गरेको छ।

सत्तारुढ दल नेकपा निकट अनेरास्ववियूका अध्यक्ष ऐन महर, नेता सुदेश पराजुली, संघर्ष समितिका संयोजक मिलन गैरलाई प्रहरीले कुटपिट गरि घाईतेको बनाएको त्रिवि कमिटि अध्यक्ष मदन विष्टले जानकारी दिए।

अनेरास्ववियूले विद्यार्थीको जायज माग पुरा गर्नुको साटो प्रहरीले कुटपिट गरेको भन्दै खेद प्रकट गरेको छ। विद्यार्थीको माग पुरा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिइएको हो।

सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: