काठमाडौँ । यस वर्षको स्पिकर नेपालको उपाधि लिटिल एञ्जल्स स्कुल ललितपुरकी आश्री रौनियारले जित्न सफल भएकी छन् । शिक्षालय मासिक पत्रिकाको प्रस्तुतिमा पानोरमा अनलाइन टेलिभिजनले आयोजना गरेको कार्यक्रममा कक्षा–८ मा अध्ययनरत रौनियारले उापाधि जित्न सफल भएकी हुन् ।

यो स्पिकर नेपालको दोस्रो सिजन हो । अघिल्लो वर्ष पनि प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको फष्ट रनर अपको उपाधि लिटिल एञ्जल्स स्कुलकै कक्षा ९ की छात्रा सम्पन्न बानियाँ जित्न सफल भइन् । यस्तै सेकेण्ड रनर अपको उपाधि पनि सोही स्कूलकी कक्षा ८ की छात्रा निर्देष्टा ढकाल, कक्षा ९ कीछात्रा युनिशा शाक्य र कक्षा ६ की छात्रा आरोही कुँवरले जित्न सफल भएका छन् ।

स्पिकर नेपाल उपाधिको विजेतालाई प्रमाणपत्र सहित नगद रु. २५ हजार, फष्ट रनर अपलाई प्रमाणपत्रसहित नगद रु. १५ हजार र र सेकेण्ड रनर अप तीनै जनालाई प्रमाणपत्रसहित जनही नगद १० /१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

पुरस्कारको व्यवस्था कार्यक्रमको मुख्य प्रायोजक आलिशान वर्ल्ड फर्निचरले गरेको पानोरमा टेलिभिजनका अध्यक्ष श्याम तण्डुकारले जानकारी दिए ।

उनकाअनुसार स्पिकर नेपालको दोस्रो सिजनको अडिसन राउण्ड ललितपुरमा अवस्थित अनल ज्योति स्कुल, श्रीकुल स्कुल, लिट्टिल एञ्जल्स स्कुल र काठमाडौं चावहिलमा अवस्थित सेन्ट लरेन्स स्कुलमा सम्पन्न भएको थियो ।

उपत्यकाका क श्रेणीका २० वटा विद्याालयबाट करीब २०० जना विद्याार्थीहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । जसमध्येबाट ५० जना विद्यार्थीहरु मात्रै अडिडसन राउण्डबाट सेलेक्सन राउण्डमा पुग्न सफल भएका थिए ।

सेलेक्सन राउण्डबाट फाइनल राउण्डमा टप ११ विद्यार्थी छानेर ती मध्येबाट उत्कृष्ट छनोट गरिएको थियो । यसरी विभिन्न चरण पार गर्दै फाइनल राउण्डमा सबैलााई उछिनेर आश्री रौनियार दोस्रो सिजनको स्पिकर नेपाल बन्न सफल भएकी हुन् ।

अध्यक्ष तण्डुकारकाअनुसार विद्यार्थीहरुमा आत्माविश्वास बढाउँदै पठनशैली र खोजमूलक शिक्षणको विकासका लागि स्पिकर नेपालको आयोजना गरिएको हो । ज्ञानको दायरा बढेपछि विद्यार्थीहरुले आाफ्नो भाव, विचार र तर्क सबैका सामु निधक्क सँग राख्न सक्ने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्