२०७६ असोज २ गते

शिक्षक महासंघ खारेजी मुद्दाको फैसला जेठ ३१ मा हुने

काठमाडौं । नेपाल शिक्षक महासंघ खारेजी मुद्दाको फैसला आगामी जेठ ३१ मा हुने भएको छ ।


दिपेश कार्की समेतका शिक्षकहरुले नेपाल शिक्षक महासंघ खारेज गर्न भन्दै २०७१ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो बैशाख ११ गते बहस हुने भनिएपनि पछि बहस सरेको थियो ।


शिक्षकहरु राज्यकोषबाट तलवभक्ता पेन्सन खाने वर्ग भएकाले शिक्षकहरुलाई विधान बनाई संघ÷संगठन÷परिषद÷मञ्च बनाउने अधिकार नभएको हुँदा विधान खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।


आगामी जेठ ३१ मा बहस भइ सोही दिन फैसला हुने अधिवक्ता कोषराज काफ्लेले जानकारी दिए ।

यसअघि नै सवोच्च अदालतको पूर्ण (५ जना न्यायधीश) इजलाशले विधान कानून नभएकाले सरकारी कोषबाट तलवभक्ता खाने वर्गले विद्यान बनाउने अधिकार नहुने भनी गरेको फैसलाको नजीर रहेको मुद्दामा जिकिर गरिएको छ ।


यसअघि नै साविक शिक्षक युनियन अवैध संस्था भएकाले उक्त युनियनले २०६८ माघ २२, २३, २४ र २५ गते लाई तोकेको काम रोक धर्ना कार्यक्रमलाई पुनरावेदन अदालत पाटनले २०६८ माघ १९ मा अन्तरिम आदेशबाट रोक लगाएको थियो ।

शिक्षक महासंघले २०७२ भाद्र २० गतेलाई तोकेको कामरोक धर्ना कार्यक्रमलाई पूनः पुनरावेदन अदालत पाटनले २०७२ भाद्र १७ मा आन्तरिम आदेशबाट रोक लगाएको थियो ।


सोही मुद्दा लडिरहेका अधिवक्ता काफ्लेले शिक्षकका पेशासँग सम्बन्धीत महासंघलगायत कुनैपनि शिक्षकका संघ संगठनहरु वैध नभएका बताए । शिक्षा ऐनमा महासंघ गठनको व्यवस्था भएपनि विधान बनाएर महासंघ गठनलाई कि त नियमावलीमै व्यवसथा गर्नुपर्ने या निर्देशिका बनाएर व्यवस्था गर्नुपर्ने काफ्लेले स्पष्ट पारे ।

Comments: