२०७६ मंसिर ५ गते

यस्तो छ चितवनको भीमोदय माविको एसइइ नतिजा

ईपाटी संवाददाता


चितवन । चितवनको भीमोदय माविले माध्यमिक शिक्षा परीक्षा एसइइमा उत्कृष्ट नतिजा हासिल गरेको छ ।


विद्यालयबाट एसइइ परीक्षामा सहभागी १६३ विद्यार्थी मध्ये १ जनाले ३.६० देखि ४.० जीपीए र  १० जनाले  ३.२० देखि ३.६० जीपीए प्राप्त गरेका छन् ।


यसैगरी, २९ जनाले २.८० देखि ३.२० र ५६ जनाले २.४० देखि २.८० जीपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेलले   जानकारी दिए । उनका अनुसार २.० देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ६५ रहेको छ । यस्तै १ जनाले १.६० देखि २.० जीपीए ल्याएका छन् ।


प्रअ डा. कँडेलका अनुसार विद्यालयको औषत जीपीए २.५१ रहेको छ । एसइइ परीक्षामा सहभागी शतप्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य रहेका उनको भनाइ थियो ।


Comments: