२०७६ कार्त्तिक २७ गते

अब किशोर अवस्था १० देखि २४ वर्षसम्म !

काठमाडौं  । अब किशोर अवस्था १० देखि २४ वर्षसम्म हुनुपर्ने वैज्ञानिकहरुले बताएका छन्। उनीहरुले किशोररावस्था बढ्दै गएको अनुसन्धानबाट सार्वजनिक गरेका हुन्। पोषणमा आएको सुधारका कारण किशोरावस्था सुरु हुने उमेर अझ कम भएको तर्क वैज्ञानिकको छ ।

उनीहरुले अब नीति निर्माताले समय अनुसार किशोरावस्थाको परिभाषालाई समेत परिमार्जन गर्नुपर्ने बताएका छन्। उनीहरुले मानिसको मस्तिष्कको विकासक्रम २० वर्षपछि पनि हुने भएकाले किशोरावस्थाको उमेर सीमा बदलिनुपर्नेमा जोड दिएका हुन्।

अनुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार यसअघि १४ वर्षको उमेरमा किशोराअवस्था सुरु भएको मानिन्थ्यो। तर, अहिले अधिकांश विकसित देशमा पोषणमा आएका सुधारका कारण १० वर्षको उमेरबाटै किशोरअवस्था सुरु हुन थालेको छ।

बिबिसीले उल्लेख गरे अनुसार ब्रिटेन जस्ता औद्योगिक राष्ट्रमा किशोरीहरुको पहिलो महिनावारी हुने प्रक्रिया डेढ सय वर्षमा औषत उमेरमा चार वर्षले घटेको उल्लेख गरेको छ। अनुसन्धानले अहिले अधिकांश बालिकाको महिनावारी १२ वर्षकै उमेरमा हुने गरेकोसमेत उल्लेख गरेको छ।

वैज्ञानकिको तर्क अनुसार शरीरको विकासक्रमलाई ध्यान दिएर उनीहरुको किशोरावस्थाको उमेर निर्धारण गर्नु उपयुक्त हुन्छ। बिबिसीका अनुसार यस्तो तथ्य ‘ल्यान्सेट चाइल्ड एण्ड एडोलेसेन्ट हेल्थ’ जर्नलमा प्रकाशित लेखमार्फत् खुलासा भएको हो।

अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: