२०७६ कार्त्तिक २६ गते

अस्थायी शिक्षकलाई परीक्षाको चिन्ता, जिल्ला प्रशासनमा ज्ञापन पत्र पेश

राजन रावत/हुम्ला



अस्थायी शिक्षकहरुले आगामी असार २९ र ३० गतेको परीक्षामा सहभागी हुन यातायात व्यवस्थालाई सहज बनाइदिन प्रशासनसँग माग गरेका छन् ।

परीक्षा आउन एक हप्ता मात्र वाँकी रहदा परीक्षा स्थल नेपालगञ्ज जान हवाई यातायातको समस्या भए पछि सहज बनाइदिन भन्दै अस्थायी शिक्षकहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गरेका हुन ।

 खराव मौसमको कारण नियमित उडान नहुनु र  भए पनि मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटकहरुले मात्र टिकट पाउँदा अस्थायी शिक्षक समस्या परेका हुन ।

बुधवार तीन दिन पछि हुम्लामा हवाई यातायात सुचारु भएको हो । अस्थायी शिक्षकको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगानाले परीक्षा दिन जान लागेको अस्थायी शिक्षकहरुलाई यातायात व्यवस्था सहज बनाउन आफु सकारात्मक रहेको बताए । उनीहरुलाई उच्च प्रथामिकता दिएर आगामी असार २७ गतेसम्म नपोलगञ्ज पठाउने व्यवस्था गर्न सवै एयरलाईन्सहरुलाई पत्राचार गरेकोसमेत उनले जानकारी दिए ।

ज्ञापन पत्रमा ४५ जना अस्थायी शिक्षकले टिकट समस्याको कारण नेपालगंज यात्रा गर्न नपाएको गुनासो गरेका थिए ।

Comments: