२०७६ कार्त्तिक २९ गते

बरगाँउ अब छाउपडी मुक्त गाउँ

राजन रावत/हुम्ला





हुम्ला जिल्लाको सिमकोट गाँउ पालिकाको वडा नम्बर तीनको बरगाँउ नमूना गाँउ घोषित भएको छ । गाँउमा जनताले आधारभुत सुविधा पाए पछि बरगाँउ नमूना गाँउ घोषित भएको हो ।  


बरगाँउमा बहुपति प्रथा न्यूनिकरण, छाउपडी मुक्त र जातिय भेदभाव हटेपछि गाँउलाई नमूना गाँउ घोषित गरिएको सिमकोट गाँउपालिका वडा नम्बर तीनका अध्यक्ष ताक्ला जिग्मेत लामाले बताए ।


अब गाँउबासीलाई घोषित कार्यक्रमलाई दिगोपना दिन अवसर र चुनौती दुबै रहेको उनले बताए ।  बरगाँउ हुम्ला जिल्ला कै नमूना गाँउ घोषित हुनेमा पहिलो गाँउ भएको छ ।


दलित र लामा सामुदायको बसोबास रहेको बरगाँउमा लैंगिक विभेद निक्कै कम भए पनि त्यसको समेत पछिल्लो समयमा अन्त्य भएको महिला सञ्जालका अध्यक्ष इन्कित लामाले बताए ।


अब घोषित कार्यक्रमलाई इमानदारिका साथ कार्यान्वयन गर्ने उनले बताए । यसलाई दिगोपना पनि दिने प्रतिबद्धता व्यक्त गरे । सबै नकरात्मक कामहरु छोड्दै गएकोले बरगाँउलाई नमूना गाँउ घोषणा गर्न सम्भव भएको सिमकोट गाँउपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताउनु भयो ।


नयाँ संरचना अनुसार देश अगाडी बढि रहेको अवस्थामा सिमकोट गााउपालिकालाई पनि नयाँ–नयाँ काम गरेर अगाडी बढाउने उनले प्रतिबद्धता ब्यक्त गरे ।
कुरिती बिरुद्ध बिभिन्न साँस्कृतिक झाँकीहरु प्रस्तुती समेत गरिएको कार्यक्रममा त्यो सँगै बरगाँउ गाँउमा घरघरमा खानेपानीका धारा निर्माण, पुर्ण खोप सुनिश्चित भएको, खुला दिसामुक्त गाँउ घोषित, बालमैत्री स्थानीय शासन युक्त जस्ता कुरा यस अघि नै घोषित भएकोले पनि बरगाँउलाई मनूना गाँउ घोषित गरिएको वडा सचिब धर्मराज रोकायाले बताए ।


कार्यक्रम समन्वय प्रमुख रावत, अदानचुलीका गाँउपालिकाका अध्यक्ष  धनलाल चौलागाई, सिमकोट गाँउपालिकाका उपाध्यक्ष वलि रावत लगाएको उपस्थिति रहेको थियो ।

Comments: