२०७६ कार्त्तिक २ गते

अस्थायी शिक्षकको नतिजा सार्वजनिक, हेर्नुहोस् पूर्वाञ्चलको निमावि गणित विषयको नतिजा

ईपाटी संवाददाता


भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । आयोगले सोमबार पूर्वाञ्चल विकास क्षेत्रको निम्न माध्यमिक तहको गणित विषयको नतिजा सार्वजनिक गरेको हो ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो ।  शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो ।

यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।

Comments: