२०७६ भदौ २ गते

पक्राउ परेको २८ घण्टापछि अस्थायी करार शिक्षक रिहा

ईपाटी संवाददाता


काठमाडौं । रिहा भएको १५ मिनेटमै पुनः पक्राउ परेका छुट, अस्थायी करार शिक्षकहरु २८ घण्टा पछि रिहा भएका छन् । विहिवार माइतीघरमा रिले अनशनको तयारी गरिरहेका बेला विहान १० बजे पक्राउ परेका उनीहरुलाई साझँ ५ बजे छाडेको थियो ।


पुनः शान्तिवाटिकामा अनशन बस्न खोज्दा उनीहरुलाई रिहा भएको १५ मिनेटमै पुन पक्राउ गरी महानगरिय प्रहरी प्रभाग रानीपोखरीमा हिरासतमा राखिएको थियो ।


बिहिवार सभा ५ बजे पुन गिरफ्तार भएका छुट, अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष हरिवंश पराजुलीलगायतको समूहलाई प्रहरीले शुक्रवार साझँ ९ बजे मात्रै रिहा गरेको हो ।


रिहाभएसँगै संघर्ष समितिका अध्यक्ष पराजुलीले प्रहरीले निरन्तर दमन गरेपनि आफूहरुको आन्दोलन नरोकिने झन् सशक्त बन्ने दाबी गरे । शिक्षकहरु प्रहरी हिरासतमा रहँदासमेत शिक्षक महासंघले कुनै पहल नगरेको भन्दै पराजुलीले महासंघ शिक्षकहरुको साझा संगठन र मातृ संगठन बन्न नसकेको जिकिर गरे ।


अस्थायी छुट करार शिक्षकहरुका लागि अर्को आन्तरिक विज्ञापन नभएसम्म आन्दोलन जारी राख्ने पराजुलीले स्पष्ट पारे ।

Comments: