२०७६ मंसिर ४ गते

अस्थायी शिक्षकहरु परीक्षा दिन हिडेपछि विद्यालय खाली, पठन–पाठन प्रभावित

राजन रावत/हुम्ला



 

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा नेपालगञ्जमा तोक्दा जिल्लाका अधिकांश विद्यालयहरुको पठन–पाठन प्रभावित भएको छ ।

जिल्लाका साढे तीन दर्जन विद्यालयका ७५ प्रतिशत अस्थायी शिक्षकहरु परीक्षाका लागि दुई हप्ता अगाडीबाटै परीक्षा दिन नेपालगञ्ज झरेपछि ती विद्यालयमा पढाई प्रभावित भएका हुन ।

नाम्खा गाँउपालिकाको बुद्ध निमावि हेक्पामा तीनजना शिक्षकको दरवन्दी भएको र दुई जना शिक्षक आयोगद्वारा असार ३० गते सञ्चालन हुने प्रावि तहको  आन्तरिक परीक्षा दिन झरे पछि विद्यालयमा एक जना शिक्षकले पठन पाठन गरि रहेको शिक्षा विकास तथा समन्वय इकाईमा .प्रमुख बर्ख बहादुर फडेराले जानकारी दिए ।

उक्त विद्यालयमा  कक्षा आठसम्म पठन पाठन हुँदै आएको छ । त्यस्तै ताँजाकोट गाँउपालिकाको कैलाश प्राविमा पनि तीन दरवन्दीमा दुई जना शिक्षक परीक्षा दिन नेपालगञ्ज झर्दा विद्यालय नाम मात्रको खोल्ने गरिएको छ ।

उक्त विद्यालयमा कक्षा पाँचसम्म पठन पाठन हुँदै आएको छ । यता, शारदा प्राविमा तीन दरबन्दीमा एक जना शिक्षक परीक्षा दिन जाँदा दुई जनाले विद्यालय सञ्चालन गरि रहेको जानकारी प्राप्त भएको छ । ताँजाकोट कै धर्मोदय माविमा एक जना राहत दरवन्दी भएको उक्त दरबन्दीको शिक्षक पनि आयोगको परीक्षाको तयारीका लागि जिल्ला बाहिर गएको कारण निमावि र प्राविका शिक्षकका भरमा विद्यालय सञ्चालन भइ रहेका प्रमुख फडेराले बताए ।

 हुम्ला जिल्लामा मावि २६, निमावि ५५ र प्रावि तहका  १ सय ३८  वटा विद्यालयहरु रहेका छन । यतिखेर आयोगको परीक्षाको कारण जिल्लामा ८९ देखि ९० विद्यालय प्राभावित भएको पाइएको छ ।

Comments: