२०७६ भदौ १ गते

१ सय ५५ विद्यार्थीलाई कुर्सी टेबुल हस्तान्तरण

महेश न्यौपाने/रोल्पा


रोल्पाको सुनिलस्मृती गाउँपालिकाको एक वडाले सामुदायिक विद्यालयमा अधययनरत १५५ जना विद्यार्थीलाई एक/एक थान टेबुल र कुर्सी हस्तान्तरण गरेको छ ।


एक घर एक शैक्षिक कुनोको अवधारण अनुसार सुनिल स्मृती गाउँपालिका वडा नं.४ ले पहिलो चरणमा कुर्सी टेवुल हस्तान्तरण गरेको हो । विद्यार्थीहरुलाई घरमा अध्ययनका लागि सहज वातावरण वनोस भन्ने उद्धेश्यले उक्त सहयोग गरिएको वडाध्यक्ष गंज क्षेत्रीले जानकारी दिए । घरमा सहजताका साथ अध्ययन गर्ने वातावरण मिले विद्यार्थीको पठन पाठनमा समेत सुधार हुने वडाध्यक्ष क्षेत्रीको भनाइ छ ।


यसरी सेवा सुविधा लिएका सवै विद्यार्थीले अनिवार्य रुपमा कम्तिमा कक्षा १२ उत्तीर्ण गर्नु पर्ने गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए । १२ कक्षा उत्तीर्ण नगरि वीचमै पढाई छोड्ने विद्यार्थीलाई अन्य  सेवा सुविधावाट वंचित गर्छौं, अध्यक्ष घर्तीले भने । विद्यार्थीको पढाई प्रति गाउँपालिका संवेदनशील रहेको वताउदै आर्थिक अवस्था कमजोर भएर पठन पाठन अगाडी वढाउन नसक्नेहरुलाई गाउँपालिकाले पढाउने वातावरण बनाउछ, अध्यक्ष घर्तीले भने । गाउँपालिकाका हरेक वडामा उच्च मावि र गाउँपालिकामा स्नातक तहको क्याम्पस स्थापना गर्ने समेत अध्यक्ष घर्तीले जानकारी दिए ।


सामाग्री सहयोगले पठन पाठन सुधारमा सहयोग मिल्ने विद्यार्थीहरुले प्रतिकृया दिएका छन । कुर्सी टेवुल उपलव्ध भए संगै पढ्नका लागी घरमा छुट्टै कुनाको व्यवस्था गरि पढाइलाई सहज ढंगले अगाडी लैजान सघाउ मिल्ने उनीहरुले अपेक्षा गरेका छन ।

Comments: