• ज्ञानोदय माविको उत्कृष्ट नतिजा, १०३ जनाले ल्याए ३.६ माथिको जीपीए
    (ईपाटी संवाददाता)



  • काठमाडौं । बाफलस्थित ज्ञानोदय माविले  माध्यमिक शिक्षा परीक्षा एसइइमा  लोभलाग्दो नतिजा हासिल गरेको छ ।


    विद्यालयबाट एसइइमा सहभागी २ सय ६३ विद्यार्थी मध्ये एकजनाले ४ जीपीए ल्याएका छन् भने  १०३ जनाको जीपीए ३.६ माथि रहेको छ ।


    यसैगरी ५४ जनाले ३.२ देखि ३.६ सम्म, ६० जनाले २.८ देखि ३.२ सम्म, ३१ जनाले २.४ देखि २.८ सम्म जीपीए प्राप्त गरेका विद्यालयका प्रअ नातीकाजी महर्जनले जानकारी दिए ।


    यसैगरी, १२ जनाको जीपीए २ देखि २.४ सम्म र ३ जनाले मात्रै १.६ देखि २ सम्म जीपीए प्राप्त गरेका छन् ।


    विद्यालयका प्रअ महर्जनले विद्यार्थीको सफलताको श्रेय शिक्षक कर्मचारीको अथक मेहनत र परिश्रम भएको बताए । सबैको लगनशीलता, मिहिनेत र सामुहिक प्रयासबाट सफलता मिलेको उनको भनाइ छ ।


    विद्यालयले उच्च मावि तहमा विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङ विषयमा अध्यापन गराइरहेको छ ।