२०७६ कार्त्तिक ३ गते

बहिरा स्कुललाई सहयोग

अन्तैबाट

सुनसरी  । पूर्वाञ्चल बहिरा विद्यालयलाई हङकङस्थित यामातेइ सहयोग समाजले बेन्च डेस्क र अन्य फर्निचर तथा शैक्षिक सामग्री खरिदका लागि नगद सहयोग गरेको छ ।


हङकङबाट धरान आएकी समाजकी कोषाध्यक्ष मनु लिम्बुले शुक्रबार विद्यायका प्रधानध्यापिका रेनुका बुढाथोकीलाई नगद ५० हजार रुपैयाँहस्तान्तरण गरिन् ।

हङकङको यामातेइमा बस्ने नेपालीहरूको नेपालका विभिन्न क्षेत्रका आवश्यकता अनुसार सानो तिनो सहयोग गर्न १५ जनाको सानो समहुले मासिक रुपमा जम्मा गरेको कोषबाट यसपटक धरान-१६ को पुर्वाञ्चल बहिरा विद्यालयलाई प्रदान गरिएको मनु लिम्बुले बताइन् ।

पुर्वाञ्चल बहिरा स्कूल कक्षा ८ सम्म पढाउने आवासीय शैक्षिक संस्था भए पनि सरकारले हालैमा छात्राबास भवन निर्माण गरिदिएको छ । सीमित शिक्षक दरबन्दीमात्र भएको बहिरा स्कुलमा हाल विभिन्न जिल्लाबाट अभिभावकले ल्याएका ८० बालबालिका सांकेतिक भाषामा पठन पाठन गर्दै आएको तर बेन्च डेस्क, सुत्नका लागि शय्या र फर्निचर अभाव भएकाले समाजले सहयोग गरेको रकमले फर्निचर खरिद गर्ने प्रअ बुढाथोकीले बताइन् ।

कान्तिपुरमा खबर छ ।

Comments: