२०७६ माघ ९ गते

शिक्षक महासंघको महाधिवेशन : नेतृत्व चयनमा विवाद


काठमाडौं । नेपाल शिक्षक महासंघको प्रथम महाधिवेशनमा नेतृत्व चयनमा विवाद देखिएको छ । शुक्रवार उद्घाटन भएको महाधिवेशनले सोमबार पदाधिकारी घोषणा गर्ने भनिएपनि सम्भव नहुने देखिएको हो ।


उदघाटन भएकै दिनदेखि नेतृत्वमा सहमति खोज्ने प्रयास भएपनि आजसम्म सहमति भइसकेको छैन । आइतवार अवेर रातीसम्म महासंघका आवद्ध र सम्वद्ध संगठनहरुका अध्यक्ष मण्डलको वैठक बसेपनि नेतृत्व बारे सहमति हुन सकेको छैन ।


महासंघको अध्यक्ष पदमा अझै सहमति जुटेको छैन भने पदाधिकारमिा समेत विवाद कायमै रहेको छ । यसअघिकै सहमति अनुसार नेपाल राष्ट्रिय शिक्षक संगठनले संगठनका अध्यक्ष बाबुराम थापा नै अध्यक्ष बन्नु पर्ने माग राखेपनि नेपाल शिक्षक संघले पनि अध्यक्षमा दावी गरेपछि समस्या पैदा भएको हो । पदाधिकारकिो टुंगो लागेपछि मात्रै महासंघमा नेतृत्व गर्ने व्यक्तिहरुको टुंगो लगाउने शिक्षक संघको ढिपीले संघबाट महासंघमा नेतृत्वगर्ने व्यक्तिहरुको टुंगो लाग्न सकेको छैन । शिक्षकका नेताहरु सहमतितको प्यास जारी रहेको बताउँदै आएका छन् ।


नेपाल शिक्षक संघबाट पदाधिकारीको टुंगो लागेसँगै लक्ष्मी किशोर सुवेदी, गोकर्ण वानिया, किशोरदत्त बराल, विष्णुदेवी पाण्डेलगायतमध्ये एकजनाको नेतृत्वमा महासंघमा जाने टोलीको घोषणा हुने जनाइएको छ ।


महासंघका अध्यक्षमा बाबुराम थापाको सम्भावना बढी देखिएपनि संगठनबाट यसअघि महासंघको महासचिव बनेका तिलक कुँवरको पनि अध्यक्ष बन्ने सम्भावना देखिन्छ । अन्तिमसम्म पनि सहमति नजुटे पुन केशव निरौलालाई नै अध्यक्षमा दोहराउने सम्भावना पनि छ । संघको नेतृत्व संगठनले अस्विकार गरे एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट पुर्णप्रसाद दवाडी महासंघको अध्यक्ष बन्ने सम्भावना समेत नर्कान नसकिने एक शिक्षक नेता बताउछन् । यस अघि शिक्षक संघले अध्यक्ष, एकीकृत अखिल शिक्षकले सहअध्यक्ष, अखिल शिक्षकले उपाध्यक्ष, शिक्षक संगठनले महासचिव, र अन्यले सचिव लगायतका पद लिएका थिए ।


ठूला पदमा खासै विवाद नदेखिएपनि यसपाली महासंघका अन्य पद र सदस्यहरुमा भागवण्डा मिलेको छैन । एकीकृत अखिल नेपाल शिक्षक संगठनलाई यसअघि अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघबराबरकै हैसियतमा महासंघमा प्रतिनिधितव गराइएको भएपनि संख्यात्मक हिसालने अन्य संगठनका प्रतिनिधि र एकीकृतको प्रििनधि बीचको फरक धेरै भएकाले त्यसमा पुनर्विचार गरिनुपर्ने सो संगठनको माग छ ।


हाल महासंघको महाधिवेशनमा देशभरबाट शिक्षक संघको १०२ को हाराहारीमा, शिक्षक संगठनको ९९ को हाराहारीमा, एकीकृत अखिलको ६० को हाराहारीमा र अन्यको १० देखि १५ को हाराहारीमा प्रतिनिधिहरुको सहभागीता रहेको छ । प्रतिनिधि बढी भएको हिसावले शिक्षक संघले अध्यक्षमा स्वाभाविक दावी गर्ने जनाउ दिइसकेको छ । शिक्षक संगठनले विगतको सहमति अनुसार महासंघको अध्यक्ष नपाए महासंघका सहभागीता बारे पुनर्विचार गर्नसक्ने चेतावनी दिइसकेको छ ।


पदाधिकारी टुंगो लगाउन सोमबार ७ बजे अध्यक्ष मण्डलको बैठक बस्ने र टुंगिए भोलि नै नेतृत्व घोषणा गर्ने नब महाधिवेशन लम्बिने उक नेताले जानकारी दिए । जिल्लामा पनि नेतृत्व विवादका कारण ४२ जिललामा मात्रै महासंघको अधिवेशन सम्पन्न भएको थियो । यस अघि भएको महासंघको विधान अधिवेशनमा पनि सवै जिल्लाहरुमा महासंघ गठन हुन नसेपछि केही जिल्लाको मात्रै सहभागीता रहेको थियो ।

Comments: