२०७६ भदौ ३० गते

सक्रिय राजनीति गर्ने १३ जना शिक्षक कार्बाहीमा, ५ जना बर्खास्त

गुल्मी । शिक्षण पेशामा आबद्ध रहँदै सक्रिय राजनीति गर्ने गुल्मीका १३ शिक्षक कारबाहीमा परेका छन् । तीमध्ये ५ जनालाई बर्खास्त नै गरिएको छ ।

गुल्मीका जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले १३ शिक्षकहरुलाई कारबाही गरिएको र तीमध्ये ५ जनालाई निश्कासन तथा बाँकीलाई उनीहरुको गल्तिको आधारमा सजायँ तोकिएको जानकारी दिए ।

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गुल्मीका केही शिक्षकहरु आ-आफ्नो राजनैतिक दलको चुनावी प्रचार अभियानमा पुगेर भाषण गरीरहेको गुनासो बढेपछि जिल्ला शिक्षा कार्यालयले कारबाही सुरु गरेको हो ।

जिशिअ खनालले भने ‘हामीले बिभिन्न उजुरी भिडियोहरुको आधारमा कारवाही गरेका छौं, उनीहरुको नाम ठेगाना केहि दिनमै सार्वजनिक गरिनेछ ।’

शिक्षकहरुलाई राजनीति गर्ने भए जागिर छोड्न निर्देशन दिएपछि राजनीतिक दलहरुबाट आफूलाई ठूलो दवाव आएको समेत जिशिअले खुलासा गरे ।

जनताको करबाट तलव खाने शिक्षकहरुले चुनावी सभामा भाषण छाँट्दै विद्यार्थीहरुको पढाईमा बाध पुर्‍याए विद्यार्थी संगठन र जनस्तरबाट समेत दवाव दिइनुपर्ने अनेरास्ववियु गुल्मीका संयोजक राजेन्ऽविक्रम कुँवरले बताए ।

सरकारी शिक्षकहरुले भाषण गरेको स-प्रमण उजुरी परे कारबाही गरिने जिशिअ खनालले बताए ।

उनका अनुसार निर्वाचन आचारसंहितामा सरकारी शिक्षकले चुनावी सभामा भाषण गर्न पाइँदैन । शिक्षकहरुले सक्रिय राजनीति तथा चुनावी सभामा भाषण गरेको पाइए वा प्रमाणित भए डेढदेखि २ लाखसम्म जरिवाना हुने नियम छ । अनलाइन खबरले लेखेको छ ।

Comments: