२०७६ कार्त्तिक १ गते

स्कुल बसकै चालकले कुटे विद्यार्थी

अन्तैबाट

विराटनगर  । बाल कल्याण विद्या मन्दिर स्कुलका बस चालक रितबहादुर मगरले विद्यार्थीलाई बिना कारण निर्घात कुटपिट गरेका छन्। सोही स्कुलको कक्षा ७ मा अध्ययनरत आरएन झालाई बिहीबार घर फर्किरहेका बेला चाकले बसभित्रै निर्घात कुटपिट  गरेका हुन् ।

चालकको कुटाइबाट विद्यार्थीको पाखुरामा गम्भीर चोट लागेको छ। गम्भीर घाइते भएपछि छोरा घर पुगेपछि सामान्य उपचार गराएर बालकका बुबा  कुमार झाले बीहीबार नै स्कुलमा गएर  स्कुल बस चालकविरुद्ध उजुरी हालेका छन्।

कुमार झाले चालकलाई कडा कारवाहीको माग गर्दे विद्यालयमा उजुरी दिएका हुन्। उनले बिना कारण विद्यार्थीलाई स्कुल बस चालकले कुट्नु ठूलो अपराध भएको भन्दै कारबाहीको माग गरेका हुन्।

विद्यालय प्रशासनले विद्यार्थी कुट्ने चालक र अभिभावकलाई छलफलका लागि शुक्रबार विद्यालयमा बोलाएको विद्यालयका कर्मचारी दिपक निरौलाले जानकारी दिए।

जितेन्द्रनारायण ठाकुरले अन्नपुर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: