२०७६ भदौ ९ गते

शिक्षक आयोगद्वारा प्रदेश २ को २५ प्रतिशत बढुवाको लिखित परीक्षाको नतिजा सार्वजनिक

ईपाटी संवाददाता

काठमाडौं ।  शिक्षक सेवा आयोगले  प्रदेश नम्बर २ को प्राथमिक तह द्धितीय श्रेणीको २५ प्रतिशत बढुवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७५ साल असोज १४ गते लिएको आन्तरिक प्रतियोगितात्मक बढुवा लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले लिखित परीक्षा उत्तीणहरुका लागि भदौ २१ गते अन्तर्वार्ता लिइने समेत स्पष्ट पारेको छ ।

Comments: