२०७६ भदौ ३ गते

एलएलएम प्रवेश परीक्षामा दोहोर्याएर नतिजा, चलखेलको आशंकामा डिन कार्यालयमा तालाबन्दी

ईपाटी संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानुन संकायले सार्वजनिक  गरेको एलएलएम प्रवेश परीक्षाको नतिजामा चलखेलल भएकको भन्दै विद्यार्थीहरुले डिन कार्यालयमा तालाबन्दी गरिरदिएका छन् ।


डिन कार्यालयले नतिजा दोहोर्याएर प्रकाशिशत गरेपछि विद्यार्थीहरूले मंगलबार प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा रहेको कानुन संकाय अन्तर्गतको डिन कार्यालयमा तालाबन्दी गरेका हुन् ।


एकपटक प्रकाशित गरेको नतिजा पुन थपघट गरेर प्रकाशित गरेपछि प्रवेश परीक्षामा अनियमिता र अपारदर्शिताको शंका गर्दै विद्यार्थीहरुले डिन कार्यालयमा नै तालाबन्दी गरिदिएका हुन् । दोस्रो पटक नतिजा सार्वजनिक गर्दा तल्लो सुचीमा रहेका विद्याथीृको नाम माथिल्लो सुचीमा राखिएको पाइएको छ ।


पुनः नतिजा प्रकाशित गर्दा सूचिमा तल रहेका नामलाई पहिलो र दोस्रो नम्बरमा राखिएको एकजना विद्यार्थीले बताए ।


कानुन संकाय डिन कार्यालयले असार १३ गते लिएको प्रवेश परीक्षाको नतिजा साउन १८ गते प्रकाशित भएको थियो। प्रकाशित नतिजामा प्राप्तांकका आधारमा १४३ परीक्षार्थीको नाम निकालिएको थियो। तर साउन २६ गते प्रकाशित संशोधित नतिजामा १४६ जनाको नाम निकालिएको छ।

पहिलो नतिजामा १३४ मा नाम निकालेका प्रकृति मल्ललाई दोहोर्याएर नतिजा प्रकाशन गर्दा एक नम्बरमा राखिएको छ। पहिले नतिजा प्रकाशन हुँदा उनको प्राप्तांक ५९.८३ थियो भने दोस्रोपटक प्रकाशित नतिजा ८४.८३ छ।

यस्तै दोस्रोपटक नतिजा प्रकाशन हुँदा मेरिट लिस्टको दोस्रो नम्बरमा परेका शिवप्रसाद आचार्यले ८२.३३ नम्बर ल्याएका छन् जबकि पहिलोपटक नतिजा प्रकाशन गर्दा मेरिट लिस्टको २९१ मा परेका उनको ४६.३३ अंक उल्लेख थियो ।

त्रिविले नेपाल ल क्याम्पसमा बिहान ३५ र दिउँसो ५० तथा नेशनल ल क्याम्पसमा ५० गरी १३५ जनालाई एलएलएम (कानुनमा स्नातकोत्तर) पढाउँदै आएको छ ।

 

हेर्नुस् पहिलोपटक साउन १८ मा निकालिएको नतिजा

दोस्रोपटक साउन २६ मा प्रकाशित संशोधित नतिजा

 

Comments: